जीवनज्योति मा.वि नेलेमा तामाङको अध्यक्षतामा नेविसंघ इकाई गठन

  सलिना लामिछाने
196 Shares

सोलुखुम्बु -सोलुखुम्बुको जीवनज्योति मा.वि नेलेमा सुजन तामाङको अध्यक्षतामा ८२ सदस्यीय नेविसंघ इकाई समिति गठन गरिएको छ ।
आज बुधबार विद्यालयमा भएको भेलाले तामाङको अध्यक्षतामा नेविसंघ इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कोपिल बस्नेत र सृजना नेपाली, सचिवमा अप्सरा निरौला र अनिल नेपाली, सहसचिवमा सदिक्क्षा लामिछाने र प्रसान्त कटुवाल तथा कोषाध्यक्षमा दर्शना सुनुवार चयन हुनुभएको नेविसंघका जिल्ला सचिव एवम् प्रवक्ता विभुषण राईले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला उपसभापति एवम् थुलुङ दुधकोशी गाउँपालिका १ का वडाअध्यक्ष घनराज सुनुवारको प्रमुख आतिथ्तामा सम्पन्न गरिएको हो । कार्यक्रममा पार्टीका वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन केसी र साजन गुरुङ नेबिसंघका अध्यक्ष नविन बस्नेत लगायत अन्य सरोकारवालाको उपस्थित रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार