झापामा ग्लोबल पीपुल्स क्लाइमेट मार्च सम्पन्न

  हिमाल समाचार
147 Shares

समेलुखुम्बु –  खनिज ईन्धन प्रयोग अन्त्य गर्नका लागि विश्वव्यापी अभियान अन्तर्गत झापाको गौरादहमा हिजो शुक्रबार क्लाइमेट मार्च सम्पन्न भएको छ।

रचनात्मक प्याम्प्लेट र ब्यानर सहित युवा,विध्यार्थी एवं स्थानीय सरोकारवाला निकाय सहभागी रहेको उक्त कार्यक्रममा खनिज इन्धनको विकल्प नविकरणीय उर्जा को प्रवर्धन गर्दै सरकार तथा विश्व समुदायके दिगो भविष्य शुनिश्चितताको लागि संवेदनशील बन्नुपर्ने सहभागीहरुले माग राखेका थिए। उक्त र्यालीमा २०० जनाभन्दा धेरै वातावरण प्रेमीले सहभागिता जनाएका थिए ।

मार्चको उद्घाटन गौरदह कृषी क्याम्पस प्रमुख सुवोद खनालले ब्यानर पढेर गर्नुभएको थियो। र्याली गौरादह कृषि क्याम्पसबाट सुरु भई गौरादह बजारमा समापन भएको थियो । र्यालीमा सहभागीहरू विभिन्न नारा,चेतनामुलक सडक नाटक, कविता वाचन लगायत Flash-Mob आदि प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार