हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ, समाजसेवी शेर्पा द्धारा ५० हजार सहयोग

  हिमाल समाचार
1.5k Shares

साेलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको सुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमका विच विद्यालय मातहतमा रहनेगरी “जन्मदिनमा मेरो लागनी, कल्याणकारी कार्यको थालनी” भन्ने मुल नाराकासाथ विद्यार्थी सहायता कोषको स्थापना गरिएको हो ।

विद्यार्थी सहयाता कोषमा जिल्ला शिक्षा समिति सोलुखुम्बुका सदस्य तथा समाजसेवी कर्मा शेर्पाले कोषमा हाल सम्म जम्मा भएको सहयोग मध्ये सबैभन्दा बढी रकम ५० हजार रुपैयाँ जम्मा जम्मा गर्दै कोषको औपचारिक रुपमा सुरुवात गर्नूभएको छ । समाजेसवी शेर्पाले शिक्षा क्षेत्रमा बिभिन्न योगदान गर्दे हाउनुभएको छ ।

उहाँले कोषमा लगानी गर्नपाउँदा आफु भाग्मानि महशुस गरेको बताउनुभएको छ । हालसम्म उक्त कोषमा बिभिन्न दाताहरुबाट प्राप्त भएको रकम कुल २ लाख ३० हजार रुपैयाँ जम्मा भएको हो । उक्त कोषमा सबैले सकेजति सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । स्थापित कोषले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आर्थिक सहयोग गर्ने बताइएको छ ।

कोषमा जम्मा भएको रकमबाट विद्यार्थीहरुमा हुने सम्भावित दुर्घटना तथा गम्भीर रोगको उपचारमा सहयोग गर्ने, गरिव जेहेन्दार विद्यार्थीहरुो शैक्षिक सुधारका निम्ती सहयोग पु¥याउने उद्यस्य रहेको बताइएको छ ।

कोषको सुभारम्भ तथा विद्यालय भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक कृष्ण निरौला, नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राई समाजसेवी कर्मा शेर्पा तथा गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार