सोलुखुम्बुमा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु

  दिपेन्द्र खनाल
259 Shares

साेलुखुम्बु –  सोलुखुम्बुमा दशै तिहार लक्षित २ दिवसिय जिल्ला स्तरीय चेस प्रतियोगिता सुरु भएको छ । आज बाट जिल्ला समन्वय समिति सोलुखुम्बु तथा सोलुखुम्बु जिल्ला खेलकुद समितिको संयुक्त आयोजनामा जिल्ला समन्वय समितिको हलमा प्रतियोगिता सुरु भएको हो । जिल्ला समन्वय समितिको समिक्षालयहलमा प्रतिनिधीसभा सदस्य मानविर राइले औपचारिक रुपमा प्रतियोगिता उद्घाटन गर्नुभएको छ ।

आज र भोलि २ दिन हुने बुद्धिचाल चेस प्रतियोगितामा जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य टिमहरु गरि ७ टिमको सहभागिता रहेको छ । ४ चरणमा हुने खेलमा प्रथम, द्धितिय र तृतियहुने ४ टिमलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रथम हुनेटिमले २० हजार नगदको साथमा मेडल र प्रमाण्पत्र प्राप्त गर्ने आयोजक जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ ।

यस्तै द्धितिय र तृतिय हुनेटिमले क्रमस, १५ हजार र १० रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने निमित्त समन्वय अधिकारी लवुन राइले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका ७ स्थानीयतहले १५ हजार रुपैयाँका दरले श्रोत साझेदारी गरेको उहाँको निमित्त समन्वय अधिकारी राईको भनाई छ ।

यसबाहेक जिल्ला समन्वय समितिले २५ जार रुपैयाँ श्रोत साझेदारी गरेको छ भने सोलुदुधकुण्ड नगरपालिकाले २० हजार श्रोत साझेदारी गरेको राइले बताउनुभयो । उहाँले जिल्लामा बुद्धिचालका खेलाडी उत्पादन हुनुका साथै यस खेलप्रति चासो बढ्दै जाने अपेक्षा सहित प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

आज भएको चेस प्रतियोगित उद्घाटन तथा दशैतिहार शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्वु शेर्पा तथा उपप्रमुख गान्धिमाया तामाङ, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख दिपक श्रेष्ठ, सोलुखुम्बु बहुमुखि क्याम्पसका प्रमुख उद्धव कुमार शर्मा तथा आयोजक खेलकुद विकास समितिका उपाध्यक्ष राधिका श्रेष्ठले कार्यक्रमको सम्बोधन गर्दे कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार