ओखलढुंगा पुगेर देउवाले भने–संघीयता संस्थागत भए देशको विकास हुन्छ

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले संघीयता संस्थागत भए मुलुक समृद्धितर्फ अघि बढ्ने दाबी गर्नुभएको छ । बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा पुग्नुभएका सभापती देउवाले यस्तो बताउनुभएको हो ।

“देश लोकतान्त्रिक गणतन्त्रमा गईसेको छ,” उहाँले भन्नुभयो “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ ।” यो व्यवस्थाले आदिवासी, जनजाती, मधेसी, महिला, दलित लगायत सबैलाई अपनत्व दिलाउन आवश्यक रहेको उहाँको भनाई छ । यसै अवसरमा नेपाली काँग्रेसका केन्द्रीय नेता शेखर कोईरालाले देशमा बेरोजगार समस्या बढ्दो क्रममा रहेको बताउनु भएको छ ।

यसका समाधानका लागि कृषि क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्न सकिने नेता कोईरालाको भनाई छ । पछिल्लो समय देशमा एनसेलमा भ्रष्ट्राचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली काँग्रेसले सदनमा आवाज उठाउने नेता कोईरालाले बताउनुभयो । संघियता सहितको लोकतान्त्रीक गणतन्त्र यो व्यवस्थाको रक्षाका लागि काँग्रेस लाग्ने महामन्त्री गगन थापाले बताउनुभयो ।

यसका साथै देशमा भ्रष्ट्राचार अन्त्यका लागि नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको महामन्त्री थापाको भनाई छ । पार्टी सुधारेर लैजान आवश्यक रहेको महामन्त्री थापाले औल्याउनु भयो । “पार्टी सुधार्न आवश्यक छ,” वहाले भन्नुभयो “चिन्ता २०८४ को होईन अहिलेको आजको गरेर लागौं ।”

छिट्टै संघमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाले बताउनुभएको छ । काँग्रेसले देशमा अविभाकको भूमिका खेल्ने थापाको भनाई छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्नुभएको छ । अहिले प्रदेशले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री कार्कीले बगाउनुभयो ।

बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सहमहामन्त्री भिष्म आङदाम्बे, पार्टी प्रवक्ता मिन विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पुर्व मुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्यहरु रामहरी खतिवडा, प्रदिपकुमार सुनुसार, काङ्ग्रेसका सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्मेलन बुधबार सम्म सन्चालन हुने जिल्ला पार्टी सभापती तेजेन्द्र खनालले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापतीहरु लगायत महत्वपुर्ण भूमिका खेल्नुहुने महानुभावहरुलाई सम्मान गरिएको सभापती खनालको भनाई छ ।

पुर्व सभापतीहरु महेश कुमार कर्माेचा, प्रदिप कुमार सुनुवार, गोमा केसी साथै अन्य व्यक्तिहरु स्वर्गिय डिल्लीराम खनाल, मित्रसेन दाहाल, चन्द्रकान्त दाहाल, दुर्याेधन गिरीलाई सम्मान गरिएको नेपाली काँग्रेस ओखलढुङ्गाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार