एमाले सोलुको नेतृत्वका लागि निर्वाचन हुँदै, अध्यक्षमा डुफ र हर्क भिड्ने

  हिमाल समाचार
896 Shares

सोलुखुम्बु – नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको नेतृत्व लागि निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि नेता डुफ कुमार  बास्तोला र हर्क राई बिच प्रतिस्पर्धा हुने भएको छ ।

सहमतिको प्रयास असफल भएपछि केहिबेर अघिबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । केहिबेरमा मतदान सुरु हुने र रातीसम्ममा मत परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

उपाध्यक्ष, सचीव, उपसचिव र जिल्ला सदस्यका लागि दर्जन बढी उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । मतदानका लागि ५६१ भन्दा बढी मतदाता तयारी अवस्थामा रहेको जनाइएको छ ।

आठौँ जिल्ला अधिवेशन शुक्रबार योङ्ग स्टार क्लवको कर्भडहल दोर्पुमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पुर्वगृहमन्त्री राम बहादुर थापा(बादल)ले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार