सोलुखुम्बुका शिक्षकहरुलाई रीड नेपालले दियो ५ दिने तालिम

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – बालबालिकामा पठन सीपको विकास गराउने द्येयले सोलुखुम्बुका शिक्षकहरुलाई रीड नेपालले ५ दिने तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम उपलब्धि मूलक बनेको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा, अष्ट्रेलियन हिमालयन फाउण्डेसन र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा बालबालिकामा पठन सीपको विकास कसरी गराउने भन्ने विधि सिकाईमा केन्द्रीत थियो ।

आफुले अहिलेसम्म यस्तो किसिमको तालिम नलिएको अवस्थामा भाषा शिक्षणबारे जानकारी पाउने अवसर मिलेको सिंहकाली आधारभुत विद्यालय तिंलाका शिक्षक दुर्गा बहादुर खड्काले बताए । बालबालिकलाई कसरी शिक्षण गर्ने भन्ने सम्बन्धमा ज्ञान हासिल गरेको जनजागृति आवि सल्लेरीकी शिक्षीका मिरा श्रेष्ठको भनाई छ ।

तालिम समापनमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा शाखाका सुपरिवेक्षक गोपालराज भुजेलले यो तालिमबाट सिकेका कुरालाई कक्षा कोठामा समेत प्रयोग गर्न सहभागीलाई आग्रह गरे । रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव देव गिरीले प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सीपको विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

गत मंगलबारबाट सुरु भएको तालिममा सोलुदुधकुण्ड नगरपालिकाका १२ वटा विद्यालय, थुलुङ दुधकोशीका ३ वटा विद्यालय र लिखुपिके गाउँपाकिाका १ वटा विद्यालयका ३३ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक गिरी र जनजागृति आधारभूत विद्यालयकी शिक्षिका केशरी श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार