सोताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु भएको छ ।

बालबालिकामा पठन सीपको विकास गराउने उदेश्यले सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका गरि ६ विद्यालयका १२ शिक्षक शिक्षिकाको सहभागितामा बिहिबार देखि ५ दिने तालिम सुरु भएको हो ।

महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको समन्वय, अस्ट्रेलियन हिमालयन फाउण्डेसन र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा रीड नेपालको आयोजना तालिम शुरुगरिएको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।

तालिमको सहजिरकण रीड नेपालका शिक्षा विकास संयोजक गिरी र जनजागृति आधारभूत विद्यालयकी शिक्षिका केशरी श्रेष्ठले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार