शैक्षिक उन्नयनका लागि सांस्कृतिक कार्यक्रम

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ स्थित हिमालय आधारभुत विद्यालयमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

‘शैक्षिक उन्नयनका लागि विद्यालय व्यवस्थापन’ भन्ने मुलका नाराका साथ नुम्बुर हिमालय बाल क्लबद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुल् प्रस्तुति दिएका छन् ।

कार्यक्रममा हाँस्यकलाकार सुवोध गौतम ‘एदुमे’, देवत खालिङ राई, दिपा लामा, बासुरी बाधक पावल राई लगायतले प्रस्तुती दिएका छन् ।

कार्यक्रमका अवसरमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले सधै सहयोग र सहकार्य गर्ने बताइन् ।

४ नम्बर फप्लुका वडाअध्यक्ष दावागेलु पाख्रिन ‘राजु’ले विद्यालयको भौतिक संरचना मात्र नभई शैक्षिक गुणस्तरलाई पनि सबल बनाउनुपर्ने बताए । पाख्रिनले विद्यालयलाई व्यक्तिगत रुपमा १० हजार आर्थिक सहयोग गर्ने बचन दिए ।

सोही अवसरमा नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख नविन थापाले शिक्षामा राजनीति नभई राजनीतिमा शिक्षाको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी, प्रहरी निरिक्षक मन्दिप चौहान लगायत शिक्षक, विद्यार्थी र सर्वसाधारणको उपस्थिती रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार