उपसचिवको कोरोना संक्रमणबाट निधन

  हिमाल समाचार
98 Shares

काठमाडौं- संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार