लोक गायक सागर विरहीले बाँडे विपन्न परिवारलाई खाद्यान्न

  हिमाल समाचार
63 Shares

काठमाण्डौँ – लोक तथा दोहोरी गायक सागर विरहीले विपन्न ३७ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । तनहूँको घिरिङ–२ स्थायी ठेगाना भएका लोक गायक विरही गाउँ पुगेर विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

उनले भने, ‘कोरोना कहरका कारण समस्यामा परेका परिवारलाई मेरी आमाको आग्रहमा खाद्यान्न वितरण गरे । दिन पाउदा खुसी लाग्दो रैछ ।’ उनी आफैँ गाउँ पुगेर कोलडाँडाँ र भरकोटका ३७ परिवारलाई एक–एक बोरा चामल वितरण गरेका हुन् । खाद्यान्न बोकेर गाउँ पुगेका लोक गायक विरही काठमाण्डौँ फर्केर नियमित काममा लागेका छन् ।

गायन, सृजना, अभिनय र एरेन्जमा दख्खल उनले चौतारी गफमा भने, ‘केही गीतमा बाजा हाल्ने काम भएको छ । भोलीबाट भोकल पनि छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार