हौंचुरका युवाले पठाए स्वास्थ्य सामग्री

  हिमाल समाचार
70 Shares

खोटाङ – स्वदेश तथा विदेशमा रहेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेकै अवस्थामा दुई वर्षअघि आफ्नो गाउँठाउँका लागि ‘एम्बूलेन्स जुटाऔं अभियान’ सञ्चालन गरेका युवाले यसपल्ट कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा उपयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् ।

२०७६ साल चैतमा एम्बूलेन्स खरिद गरेपछि बाँकी रहेको ६५ हजारमा एक थान अक्सिमिटर, एक थान थर्मलगन, ५ थान पिपिई सेट, सय व्याग मास्क, २ जार सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री खरिद गरेर पठाइएको अभियान्तामध्येका गजेन्द्र खालिङ राईले जानकारी दिए ।

प्रवासमा रहेका हौंचुरका युवाको पहलमा २०७६ सालमा देश तथा विदेशमा रहेका ३९ जनाबाट संकलन गरिएको ५ लाखमा रावाबेँसी गाउँपालिकाको ६ लाख थप गरेर एउटा एम्बूलेन्स खरिद गरेर ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार