प्रधानमन्त्री पुगे शितल निवास

  हिमाल समाचार
112 Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो ।

प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको भए पनि सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतेको भनाइ छ ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार