काँग्रेस सोलुदुधकुण्ड ६ को वडा सभापतिमा फुर्वा ग्याल्जेन

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसको वडा सभापतिमा फुर्वा ग्याल्जेन शेर्पा फुरी निर्विरोध चयन भएका छन् । मंगलबाटर सम्मन्न वडा अधिवेशनले वडा सभापतिमा शेर्पालाई चयन गरिएको हो ।

उपसभापतिमा जाङ्बु शेर्पा र बिर्खे घतानी, सचिवमा दिपेश श्रेष्ठ र काले शेर्पा र सहसचिवमा दोर्जि शेर्पा रहेका छन् । नवनिर्वाचित सभापति शेर्पाले दिएको जानकारी अनुसार महलिा प्रतिनिधि खुल्लामा राधिका श्रेष्ठ, सानुमाया राज भण्डारी, ईन्दिरा राज भण्डारी रहेका छन् । त्यसै गरि जनजाति महिलामा चन्द्रकुमारी तामाङ र सुर्मिता कायस्थलाई चयन गरिएको छ ।

पुरुष खुल्लामा नारायण काजी श्रेष्ठ, तेज नारायण श्रेष्ठ, पेशल श्रेष्ठ, देण्डी शेर्पा, गेले शेर्पा, मान बहादर घतानी रहेका छन् । जनजाती पुरुषमा रिन्जि पासाङ लामा, नुरु शेर्पा, दाजा जाङ्बु शेर्पा रहेको बताईएको छ ।

खस आर्यबाट क्षेत्रिय प्रतिनिधिमा राजकुमार खत्रिलाई मनोनित गरिएको छ । अल्पसंख्यकबाट राजिव कायस्थ र दलित प्रतिनिधिबाट कान्छा बहादुर घिमिरे रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार