खाेपले मात्र काेराेना सर्नबाट बचाउँदैन

  हिमाल समाचार
0 Shares

काठमाडाैँ-अहिलेको अवस्थामा खोप लगाइसकेका व्यक्तिमा कोरोनाभाइरस पुन: सङ्क्रमण वा पोजिटिभ देखापर्ने क्रम वृद्धि भइरहेकोमा दुईमत छैन र यसको पछाडि तीनवटा कारण छन्।

पहिलो कारण सामान्य छ। मानिसहरू परम्परागत रूपमा नै नयाँ वर्ष र क्रिसमस मनाउन एक ठाउँमा भेला हुन्छन्।
दोस्रो, विश्वका कतिपय क्षेत्रमा खोप उपलब्ध भएको एक वर्षपछि विज्ञहरूले खोपबाट कोभिड विरुद्ध प्राप्त हुने प्रतिरक्षा सधैँ कायम नरहने तथ्य सिकेका छन्।
तेस्रो कारण चाहिँ ओमिक्रोन भेरिअन्ट देखा पर्नुलाई मानिएको छ। यो खोपका वा पहिले नै देखा परेको कोभिडका कारण कायम भएको प्रतिरक्षा प्रणाली विरुद्ध पनि आक्रामक रहेको छ।

खोप लगाउनुको मुख्य उद्देश्य सङ्क्रमण नै रोक्नु भन्दा कोरोनाभाइरसको आक्रमण शरीरका लागि कम घातक बनाउनु हो।

यही तर्क दशकौँदेखि उपलब्ध भएको फ्लू खोपका हकमा लागु हुन्छ।

प्रत्येक वर्ष दिइने खोपको मात्राले इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणलाई रोक्दैन तर यसले बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिक जस्ता जोखिममा पर्ने समूहलाई तुरुन्तै अवस्था बिग्रनबाट रोक्छ।

गम्भीर प्रकारका सङ्क्रमणबाट रोक्ने अवस्थाले प्रत्यक्ष रूपमा सम्पूर्ण स्वास्थ्य प्रणालीलाई प्रभाव पार्छ। श्वास प्रश्वास सम्बन्धी जटिल सङ्क्रमणहरूको सङ्ख्या घट्दा त्यसले अस्पतालका आकस्मिक कक्षहरूमा चाप घटाउने, इमरजेन्सी केअर वार्डहरूमा शयाहरू बढी उपलब्ध हुने अवस्था निर्माण गर्न र स्वास्थ्य टोलीहरूलाई उपयुक्त किसिमले बिरामीको परीक्षणका लागि थप समय उपलब्ध गराउनेछ।

र तथ्याङ्कहरूले खोपले आफ्नो भूमिका एकदमै राम्रोसँग खेलिरहेको देखाएको छ। कमनवेल्थ फन्डका अनुसार कोरोनाभाइरस विरूद्धको खोपले नोभेम्बर २०२१ सम्म संयुक्त राज्य अमेरिकामा ११ लाख मृत्यु नियन्त्रण गरेको र १ करोड ३० लाख मानिसहरूलाई अस्पताल जानबाट रोकेको थियो।

युरोपेली सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको खोप दिन थालिए यता युरोपका ३३ देशमा ६० वर्ष भन्दा माथिका ४ लाख ७० हजार मानिसको ज्यान जोगिएको उल्लेख गरेको छ।

– बिबिसि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार