खिजीकातीमा दन्त शिविर, १५० जनाले सेवा लिए

  हिमाल समाचार
105 Shares

ओखलढुगां– जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ४ खिजीकातीमा भएको निशुल्क दन्त शिविरबाट १५० जनाले सेवा लिएका छन् ।
फोकस नेपाल, काठमाडौँ तथा स्वास्थ्य तथा विकास समाज नेपाल ललितपुरको आयोजनामा भएको शिविरमा ८४ जना महिला, ६६ जना पुरुष गरी १सय ५० जनाले सेवा लिएका हुन् । सेवा लिनेमध्ये ९ जना जेष्ठ नागरीक रहेका थिए । शिविरमा समस्या भएको विरामीहरुको दाँत निकाल्ने र भर्ने काम गरिएको थियो ।
दुई दिन दिर्गपुडाडाँमा भएको शिविरका लागि काठमाण्डौबाट आयोजक संस्थाले ५ जना दन्त चिकित्सकको टोली लगेको थियो ।
कार्यक्रममा बोल्दै खिजीदेम्बा गाउँकार्यपालिकाका सदस्य एवं स्थानीय खेमराज सुनुवारले वडाबासीका तर्फबाट आयोजकलाई धन्यवाद व्यक्त गरे । हजारौ खर्च गरेर अन्यत्र गएर दाँतको उपचार गराउन बाध्य नागरीकका लागि घरछेऊमै आएको शिविरले सुविधा भएको भन्दै आयोजक प्रति सुनुवारले आभार प्रकट गरे । उनले आगामी दिनमा पनि थप यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याउन आयोजकलाई आग्रह गरे ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्था फोकस नेपालका अध्यक्ष प्रकाश कुमार सुनुवारले स्वास्थ्य क्षेत्रमा मात्र नभई आवश्यकताको आधारमा आगामी दिनमा अन्य क्षेत्रमा पनि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्वास्थ्य तथा विकास समाज नेपाल ललितपुरका प्रमिला बाडिकरले शिविरको शिलशिलामा धेरै ग्रामिण इलाका पुगेको भन्दै खिजीकातीमा पनि सेवा दिन पाएको खुशी व्यक्त गरे ।
आर्थिक रुपमा सम्पन्न नरहेका समुदायमा गएर प्रत्येक्षरुपमा सेवा प्रवाह गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त भएको सुनाए ।
स्वर्गिय क्याप्टेन होमबहादुर सुनुवारको स्मृतिमा उनका छोरा एवं फोकस नेपालका अध्यक्ष समेत रहेका प्रकाश सुनुवारको विशेष पहलमा शिबिर आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार