देउसा र बोगलका ४ सय बढी विद्यार्थीलाई ट्रयाकसुट र जुत्ता उपहार

  हिमाल समाचार
945 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ र ८ का झण्डै ५०० जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको छ ।

गैरसरकारी संस्था देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले देउसा र बोगल क्षेत्रका  ४८४ जना विद्यार्थी बालबालिकाहरुलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको हो ।

सो क्षेत्रका ३८० जना विद्यार्थीहरुलाई जुत्ता र १०४ जनालाई ट्रयाकसुट वितरण गरिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।

दुधकौशीका मावि, सरस्वती आवि, अम्रास आवि र शिशु कल्याण आविका विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको छ भने कालिका आविका ४४ जनालाई ट्रयाकसुट वितरण गरिएको अध्यक्ष शेर्पाले बताए ।

बोगल क्षेत्रका विद्यार्थीहरुलाई पनि जुत्ता र ट्रयाकसुट वितरण गरिएको देलेक चिल्ड्रेन फाउन्डेशन यूएसएले जनाएको छ ।

आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उदेश्यले उनीहरुलाई कपडा वितरण गर्ने कार्य गरिरहेको संस्थाले जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार