माप्यका २२ शिक्षकलाई प्रारम्भिक बाल विकास सम्बन्धी तालिम प्रदान

  हिमाल समाचार
350 Shares

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने प्रारम्भिक बाल विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा जारी तालिम सोमबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । तालिम समापन कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले रीड नेपालले शिक्षा क्षेत्रमा गरेका कार्यक्रम प्रभावकारी रहेका र गाउँपालिकाले पनि सहकार्य गर्ने बताए ।

बासा स्थित हिमालय माविमा सञ्चालन गरिएको तालिममा सहभागि जनजागरण महाकुण्ड आविका शिक्षिका विश्वकला राईले तालिम प्रभावकारी र उपलब्धिमुलक बनेको बताईन् ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा, महत्व, कक्षा कोठा व्यवस्थापन, सामग्री निर्माण, दैनिक कार्यतालिका अनुसार कक्षा संचालन विधि, नयाँ पाठ्यक्रम अध्यन तथा प्रयोग विद्यार्थी मूल्यांकन तथा विद्यार्थीको पोर्टफोलियो निर्माणका विषयवस्तुबारे जानकारी गराईएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।

तालिममा माप्य दुधकोशी गाउँपालिका भित्रका २० विद्यालयका २० जना बाल विकास शिक्षकहरु तथा २ जना स्थानीय स्रोत शिक्षकको सहभागिता रहेको थियो । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई, वातावरण अधिकृत निरन्जन रुपाखेतीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार