सोलुका प्रदेश सांसद शेर्पालाई पितृ शोक

  हिमाल समाचार
1.6k Shares


सोलुखुम्बु – सोलुखुम्बुको प्रदेश सभा १ का सांसद गोम्बु शेर्पा कज्र्याङलाई पितृ शोक परेको छ ।

जिल्लाको सोताङ गाउँपालिका २ जुकेका सांसद शेर्पाको पिता(बुवा) लाक्पा शेर्पाको आईतबार विहान ३ बजे ७४ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

हिजो बेलुकाबाट टाउको तथा मुटु दुख्ने विरामीबाट ग्रसित लाक्पाको विहान निधन भएको सांसद गोम्बु शेर्पा कज्र्याङले जानकारी दिए । मृतक शेर्पाको बौद्ध परम्परा अनुसार अत्यष्टि गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार