सोलुको सल्यानमा स्थापना भयो ग्रामिण आँखा केन्द्र

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यान स्थित प्राथामिक स्वास्थ्य केन्द्र (पिएचसी)मा ग्रामिण आँखा केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयोजनमा स्थापना गरिएको आँखा केन्द्रको सोमबार गाउँपालिका अध्यक्ष धनजन राईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष राईले गाउँपालिकाबासीले अब सहजै रुपमा आँखाको प्राथमिक उपचार गराउन सक्ने वातारण सृजना भएको दाबी गरे । तिलगंगा आँखा प्रतिष्ठानलाई धन्यवाद दिदै उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

अब आँखाको समान्य उपचारका लागि फाप्लु र अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष राईले बताए । गाउँपालिका उपाध्यक्ष बिना राईले नेचासल्यान गाउँपालिका भित्रका नागरिकले हजारौ खर्चिएर आँखाको सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउँदै अब आफ्नै पालिकामा रहेको स्वास्थ्य केन्द्रवाट सेवा लिन आग्रह गरिन् ।

गाउँपालिकाको पहलमा आँखा केन्द्र स्थापना भएकाले अब पालिकाका सबै नागरिकलाई आँखाको उपचारको पहुँचमा पुर्याउने बताईन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले ग्रामिण क्षेत्रका नागरिकलाई सहजै आँखा उपचार गराउनका लागि विभिन्न स्थानमा ग्रामणि आँखा केन्द्र स्थापना गरिएको बताए ।

आँखा मानिसको लागि महत्वपूर्ण भएकाले यसलाई सुरक्षित राखिनुपर्ने धारण राखे । तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत हरी कार्कीले ग्रामिण क्षेत्रमा आँखाको ६० प्रतिशतसम्म उपचार गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन गरिएकाले फाईदा लिनका लागि स्थानीयलाई आग्रह गरे ।

आँखा केन्द्रमा सुनिता चौधरी सहितका दुई जना जनशक्तिको व्यवस्थापन गरिएको छ । वडाध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार