सल्लेरीमा ३ दिनदेखि जारी मनोसामाजिक परामर्श तालिम सकियो

  हिमाल समाचार
637 Shares

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरीमा तीनदेखि जारी शिक्षक मनोसामाजिक परामर्श तालिम सकिएको छ । रिड नेपालको आयोजनामा गत शुक्रबारबाट सुरु भएको तालिम आज आईतबार सकिएको हो । तालिममा नगरपालिका क्षेत्र भित्रका १९ वटा बिद्यालयका १÷१ जना लैंगिक फोकल शिक्षकहरु र अन्य ३ जना स्थानीय श्रोत शिक्षक गरी २२ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजिकरण मनोविद डा.नरेन्द्रसिं ठगुन्नासहितका टिमले गरेका थिए । शिक्षकहरुलाई विद्यालयमा उत्पन्न हुने मनोसामाजिक समस्या सामाधानका लागि अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले बताए ।

उक्त तालिम सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा भएको सञ्चालन गरिएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै नगरउप्रमुख गान्धी माया तामाङले जिल्लामै पहिलो पटक यस प्रकारको तालिम आयोजना गरेको भन्दै रीड नेपाललाई धन्यवाद ज्ञापन गरे ।

जिल्लामा बढ्दो आत्महत्या र सामाजिक दुव्र्यवहारलाई न्यूनिकरण गर्न आफुहरुले मनोसामाजिक परामर्श तालिमको आयोजना गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार