सोलुमा पनि भर्ना अभियान शुरु

  हिमाल समाचार
399 Shares

सोलुखुम्बु – सोलुखुम्बुका आठ स्थानिय तहका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि भर्ना अभियान सुरु गरेका छन् ।

कोरोना महामारीका आन्तरिक मुल्याङकन विधिबाट बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेका स्थानिय तहका विद्यालयले भर्ना अभियान सुरु गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिए ।

कतिपय ग्रामिण क्षेत्रका विद्यालयमा सामाजिक दुरी कायम गरि प्रत्यक्ष उपस्थितीमा भर्ना गर्न सुरु गरिएको छ भने अन्य विद्यालयमा फोन मार्फत भर्ना गर्न सकिने व्यवस्था मिलाईएको छ । भर्ना अभियान असार १५ सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार