प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार प्रवेश

  हिमाल समाचार
35 Shares

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए ।

गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार