कांग्रेस पदाधिकारी बैठक बस्दै

  हिमाल समाचार
42 Shares

काठमाडाैँ- कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा २ बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे । पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।

समितिले बिहीबारसम्म १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । २२ वटा निर्वाचन क्षेत्रमा जटिल खालको विवाद देखिएकाले आवश्यक निर्णयका लागि पदाधिकारीलाई जिम्मा दिने समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार