थुलुङ दुधकोशीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्यायो

  हिमाल समाचार
476 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले सुत्केरी महिला, ८० वर्ष नाघेका नागरिक र पुर्ण अपांगता भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने गाँउपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको नीति तथा कार्यक्रम अनुसार सुत्केरी र जटिल अवस्थाका गर्भवति महिला, ८० वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएकाहरुलाई निःशुल्क सेवा दिइने उल्लेख छ ।

मुक्लीमा सञ्चालित अस्पतालमा एमडीजीपी डक्टरको समेत व्यवस्था भएकाले जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा दिने नीति लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

जिल्लाका नागरिक सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि पुर्वाधार, उपकरण र चिकित्सकको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

उक्त अस्पताल गाउँपालिकाका मातहतमा ल्याइ सञ्चालन गर्ने गरी कार्यपालिकाबाट निर्णय नै भईसकेको प्रवक्ता कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार