कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

 

हामी नर्सहरु दिन रात भन्दैनौ ।

नाता परिवार पनि भन्दैनौबाध्यताले आफ्नो मन दुखे पनि,व्यथा आफैमा राखी बाहिर मुसुक्क मुस्कुराउछौँ ।।

नजिक पर्न डर लाग्दो घाउ छ भने पनि,

मलम पट्टी लगाउन तयार हुन्छौँ

अहिले विश्वव्यापी रुपमा फैलिसकेको

कोभिडका लक्षणहरु जाँच्न पनि

नजिकै जान्छौ

न त हामीलाई सुरक्षा कवज नै चाहीयो

न त थर्मोगन नै,

तर पनि मुस्कुराइ सेवा गरिरहन्छौ कसैले

कारवाही गर्छु भन्दा पनि

मुस्कुराइ आफ्नो कर्तव्य गर्न पछि पर्दैनौं ।।

आमा बुवा दिदी बहिनी दाजुभाइ समान ठानि

हामीलाई कुनै लोभ लालच पनि छैन तर पनि निरन्तर लागि रहेछौं ।

मदर टेरेसा र फ्लोरेन्स नाइटिंगेल जस्ता महानहरूको सम्झना गर्दै,

प्रत्येक घर दैलो देखि ठुला ठुला अस्पतालसम्म निरन्तर सेवा दिइरहने नै छौं

सुरक्षा कवजको अभावमा पनि प्रत्यक्ष काम गरिरहने छौ

न त पीपीई लगाएर देखाउन मात्रै

फोटो पोष्ट गर्नु छ हामीलाई

सुरक्षा कवज आवश्यक नपर्नेहरू

पीपीई लगाएर फोटो सेसन गरिराख्नुस

सबै त्यागी आफ्नो देशलाई परेको विपत्तिमा हामी

सास रहेसम्म नै लडिरहने छौं निःस्वार्थ भावले

आफ्नो कर्तव्य पुरा गर्न निरन्तर लागि रहेछौ ।।

निडर नर्स हामी।

दिना अर्याल, EpiNurse काठमाण्डौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार