विकट खिजिदेम्बाले सुरु गर्‍यो पहिलो पटक एक्सरे सेवा

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु । ओखलढुंगाको पश्चिमी भेगको विकट पालिका खिजिदेम्बामै डिजिटल एक्सरे सेवा शुरु गरिएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटेको आधारभुत अस्पतालमा एक्सरे सेवा शुरु भएको हो ।

एक वर्ष अघि नै खरिद गरिएको उक्त एक्सरे मेसिन पालिकाले विनियोजन गरेको २५ लाख रकमबाट भवनको व्यवस्थापन गरी सोमबारबाट सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । मेसिन राख्ने कोठा निर्माण लगायतका व्यवस्थापनको काम गर्दा मेसिन सञ्चालन गर्न एक वर्ष समय लागेको अध्यक्ष शेर्पाले बताए ।

दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त सेवाबाट खिजिदेम्बाका नागरिक मात्रै नभई सोलुखुम्बुको लिखुपिकेका बासिन्दा समेत लाभान्वित हुने उनको भनाई छ । यससँगै पालिकाका सेवाग्राहीहरु एक्सरे गर्न कै लागि ठूलो रकम खर्च गरी सदरमुकाम लगायत शहर जानु पर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

पालिकाले एक्स रे सेवा प्रदान गर्नको लागि एक जना दक्ष जनशक्ति रेडियो ग्राफरको व्यवस्था गरेको प्रमुख शेर्पाले उल्लेख गरे । पालिकासँगै अन्य पालिका र जिल्लाका पाएक पर्ने नागरिकहरुले सेवा लिन सकिने प्रमुख शेर्पाको भनाई छ ।

एक्स रे मेसिनबाट हट्डी टुट्फुट भएको, हट्डी खिइएको, फोक्सो र पेटमा पानी जमेको नजमेको पत्ता लगाउन सकिन्छ । अस्पतालले इ.सी.जी, अल्ट्रासाउण्ड, दिसापिसाव र रगतको सामान्य परिक्षण सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार