फाप्लु नयाँबस्ती बसपार्क : निर्माण कार्यमा गम्भीर बन्न नगरप्रमुख शेर्पाको निर्देशन

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु नयाँबस्तीमा निर्माणाधिन बसपार्कको कार्यमा ठेकेदार कम्पनीले कम्जोरी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाबाट बजेट विनियोजन भई निर्माण कार्य सुरु भएको उक्त बसपार्कको आईतबार अनुगमन गर्दै नगरप्रमुख शेर्पाले निर्माण कार्यप्रति निर्माण कम्पनी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै नागरिकको आवश्यक्ता भन्दा फरक पकृतिको काम भइरहेको दाबी गरे ।

साथै डि.पि.आर अनुसारको कार्य नभएको, बसपार्कको क्षेत्रफल र अन्य पुर्वाधारका कामहरु सन्तोषजनक नभएको भन्दै पुनः निर्माण गर्न ठेकेदार कम्पनीलाई शेर्पाले निर्देशन दिए ।

बसपार्क निर्माण कार्यमा ठेकेदार कम्पनीले लापरबाही गरेको गुनासोपछि सोलुदुधकुण्ड नगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना, जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतले स्थलगत अनुगमन तथा निरिक्षण गरेको हो ।

अनुगमनमा नगरप्रमुख नाम्गेल जाङबु शेर्पा, आयोजना प्रमुख डा.युवराज पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ लगायतका टोलीले स्थलगत निरीक्षण तथा अनसुगमन गरेका हुन ।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कुल ८० लाख बजेटमा निर्माण भइरहेको बसपार्क निर्माण कार्यमा कमजोरी पाइएको भन्दै त्रुटिरहित ढंगबाट काम गर्न निर्माण कम्पनी यत्ति निर्माण सेवाका प्रतिनिधि दिलकुमार बस्नेतलाई दिइएको छ ।

उक्त बसपार्क निर्माण कार्यमा कतिपय स्थानमा रड बिनानै ढलान गरिएको तथा रड प्रयोग भएको ठाउँमा समेत प्राबिधिक स्टिमेट भन्दा कम परिणामको रड प्रयोग भएको समाचार बाहिरिएको थियो ।

हाल गुणस्तरहीन काम भएको ढलान भत्काएर पुनः ढलान गर्न लगाइएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका प्रमुख डा.युवराज पौडेलले बताए । निरीक्षणमा वडाध्यक्ष युवास तामाङ लगायतको पनि उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार