सोलुखुम्बुमा भिरबाट लडेर एक वृद्धको ज्यान गयो

  हिमाल समाचार
12.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ मा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा माप्यदुधकोशी गाउँपालिका ४ देबकुका ६४ वर्षीय जस बहादुर राई रहेका छन् ।

मंगलबार जंगलमा गाईबस्तु चराउन गएका राईको भिरबाट लडेर करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । भिरबाट लडेका राईको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार