माप्यदुधकोशीमा रसाईलीको अध्यक्षतामा महिला संघ गठन

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा देविका रसाईलीको अध्यक्षतामा २५ सदस्यीय नेपाल महिला संघ पालिका समिति गठन गरिएको छ ।

आज मंगलबार माप्यदुधकोशी गाउँपालिका ३ मा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य तथा सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले पालिका स्तरिय महिला संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा डम्बर कुमारी कार्की, सचिवमा टेलि शेर्पा, कोषाध्यक्षमा सरिता विक रहेको नेपाली कांग्रेस माप्यदुधकोशी ३ का सभापति उजिर कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला संघका कार्यबहाक जिल्ला अध्यक्ष टंकी माया बस्नेत, पार्टीका प्रदेश ‘ख’ कार्यसमिति कोषाध्यक्ष सानुमाया राजभण्डारी, प्रदेश सहसचिव मिङमार खालिङ, माप्यदुधकोशी ३ का पार्टी सभापति उजिर कार्की, ५ का सभापति अविरल वाईबा, कांग्रेस नेता नारायणकाजी कार्की लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार