सोलुका पत्रकार खालिङ शिक्षामन्त्रीबाट सम्मानित

  हिमाल समाचार
455 Shares

सोलुखुम्बु – सोलुखुम्बुका युवा पत्रकार मिलन खालिङ राई सम्मानित हुनुभएको छ । काठमाडौंको महाराजगन्जस्थित शिबपुरी माध्यमिक विद्यालयको हिरक महोत्सवका अवसरमा शुक्रबार पत्रकार खालिङ शिक्षा, बिज्ञान तथा प्रवधिमन्त्री अशोक राई र प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलबाट सम्मानित हुनुभएको हो ।

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थायी बासिन्दा पत्रकार राई सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुनुहुन्छ । हिरक महोत्सवका अवसरमा आ–आफ्नो क्षेत्रमा रहि समाजका लागि महत्वपूर्ण योगदान गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

दर्जनभन्दा बढी मिडियामा आवद्ध भएर पत्रकारिता क्षेत्रको राम्रो अनुभव संगालेका पत्रकार राई हाल दाक्सु मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ । विद्यालयबाट प्राप्त सम्मानले थप जिम्मेवारी थपिएको आफुले महसुस गरेको बताउंदै उहाँले आउँदा दिनमा अझ शसक्त ढंगबाट अघि बढ्ने खालिङले प्रतिकृया दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार