सवारी कारबाहीबाट एकै महिनामा २ लाख ४३ हजार राजस्व

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – ट्राफिक प्रहरीले एक महिनाको अवधिमा २ लाख ४३ हजार रुपैया राजस्व संकलन गरेको छ ।

कार्तिक महिनामा ३४८ सवारी कारबाहीबाट उक्त राजस्व संकलन गरेको हो । जसमा १३ वटा ट्रक कारबाहीबाट १० हजार, २ वटा ट्रिपरबाट १ हजार, २ वटा बसबाट १ हजार, १८४ कार तथा जीपबाट १ लाख १५ हजार, १७ वटा ट्याक्टरबाट १ लाख ५ हजार, ११० वटा मोटरसाईकलबाट ९१ हजार, १८ वटा टेम्पोबाट १३ हजार र अन्यबाट १५ सय गरिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कट्वालले जानकारी दिए ।

कट्वालका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ सय सवारीबाट २ लाख १ हजार, भदौ महिनामा ३१९ सवारीबाट २ लाख १० हजार र असोज महिनामा २६९ सवारीबाट १ लाख ७९ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार