सोताङमा शिक्षक तालिम शुरु

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – रीड नेपालको आयोजना तथा सोताङ्ग गाउँपालिकाको समन्वयमा ५ दिने आधारभूत तह (कक्षा १–३)का शिक्षकहरुलाई एकीकृत सिकाइ सहजीकरण सम्बन्धी तालिम सुरु गरिएको छ । सोताङमा शुरु भएको तालिममा ७ विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक जनकराज जोशी, सुजाता राई लगायतले गर्नुहुनेछ । दशक अघि देखि शिक्षकहरुलाई विभिन्न शिक्षण विधि तथा विषयगत तालिम संचालन गर्दै आएको रीड नेपालले अहिले परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रमलाई लक्षित गरेर नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषयलाई समेटेर तालिम संचालन गरिरहेको शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

कक्षा १–३ को पाठ्यक्रम परिवर्तन भएसँगै शिक्षकहरुलाई पठन पाठन गर्न असहज भएको अवस्थालाई सहजीकरण गर्नका लागि स्थानीय सरकारसंग समन्वय गरेर तालिम संचालन थालिएको हो । पाठ्यक्रम अनुसारको सिकाई, विद्यार्थी मुल्यांकन, एकिकृत सिकाई सहजीकरणमा तालिम केन्द्रित रहनेछ ।

यसअघि माप्य दुधकोशी गाउँपालिकामा तालिम सम्पन्न गरेको रीड नेपालले खुम्बु पासाङल्हामू बाहेकका स्थानीय तहका शिक्षकलाई तालिम प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार