रावाबेशी अध्यक्ष श्रेष्ठले गरे बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

  हिमाल समाचार
266 Shares

सोलुखुम्बु – खोटाङको रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गर्नुभएको छ । गएराती रावाखोलामा आएको बाढीमा फसेको प्रदेश २–०१–००१प १८७३ नम्बरको ट्याक्टर चालक भुभिन्डेको युवराज सार्की र सहचालक खार्पाका विबेक मगरको गाउँपालिका अध्यक्ष श्रेष्ठको नेतृत्वमा राती नै खटिएका टोलीले गएराती सकुशल उद्धार गर्नुभएको हो ।

बालुवा लिन जाँदा बाढीका कारण रावा खोलाको टापुमा फसेका उनीहरुलाई आठ घण्टापछि उद्धार गरिएको छ । उनीहरू खोटाङको रावाबेंसी गाउँपालिका– १ कुभिन्डे र वडा नम्बर ४ डुम्रेधारापानी बीचको कटहरेबेंसीमा रावा खोलाको भँगालोको बीचमा रहेको टापुमा बालुवा झिक्न जाँदा सोमबार दिउँसो ३ बजे बाढीमा फसेका थिए । पछि राति पौने १२ बजेतिर जेसीभीको बकेटमा बसाएर उनीहरूको उद्धार गरिएको हो ।

उनीहरू स्थानीय रत्न आधारभूत विद्यालयको भौतिक संरचना निर्माणका लागि आवश्यक बालुवा लिन रावा खोला पुगेका थिए । उनीहरू बाढीमा फसेपछि खोला किनारमा आफन्तको रुवाबासी चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार