खोटाङको एसेलुखर्क गाउँपालिकाले ४३ करोड बढिको बजेट ल्याएको छ । आगमी आर्थिक वर्ष २०८०–८१ का लागि ४३ करोड १७ लाख ७२ हजार ९ सयको बजेट गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीले पेश गरे ।
गाउँपालिका अध्इष गीरेन्द्र बहादुर राईले लोकप्रियनीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बजेटको विस्तृत विवरण सहितको पूर्ण बजेट असार २७ गते बुधबार प्रस्तुतीकरण गर्ने गरि गाउँ सभा स्थगित भएको गाउँपालिकाले जनाएको छ ।