सोलुखुम्बुमा सवारी भाडादर समायोजन, कहाँको भाडा कति ?

  हिमाल समाचार
13.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित लामो तथा छुटो दुरीका जिपको भाडादर समायोजन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आज मंगलबार जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि, यातयात व्यवसायी लगायत बसेको बैठकले जिल्लाबाट छुटने लामो दुरी तथा छोटो दुरीको जिप भाडादर समायोजन गरेको हो ।

समायोजित भाडादर अनुसार जिल्लाबाट छुट्ने लामो दुरीका सवारीमा २६ प्रतिशत सम्म भाडा घटाइएको छ । यसअघि २३ सय ७५ रुपैयाँ तोकिएको सल्लेरी–काठमाण्डौँको जिप भाडा २० प्रतिशत घटाउदै १९ सय र सल्लेरी–विराटनगर २५ सयबाट घटाएर २१ सय ७० सय निर्धारण गरिएको छ ।

यस्तै सल्लेरी–धरान २४ सय रुपैयाँबाट घटाएर २१ सय २०, सल्लेरी–कटारी १८ सयबाट घटाएर १४ सय ६० र सल्लेरी–ओखलढुंगा ७ सयबाट घटाएर ५ सय रुपैयानिर्धारण गरिएको छ । जिल्ला भित्रका लागि सल्लेरी–छेस्काम १८ सयबाट घटाएर १४ सय, सल्लेरी–सोताङको १३ सय रुपैयाँबाट घटाएर ९ सय रुपैयाँ कायम गरिएको छ ।

जिल्ला भित्रका लागि सञ्चालित सवारी साधनको हकमा सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य सबै पालिकाको भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । उक्त भाडादर पालिकाले सिफारिस गरेको आधारमा कायम गरिएकाले नगरपालिकाले भाडादर सिफारिस गर्न नसकेको बताइएको छ ।

पछिल्लो समय इन्धनको मुल्य घटेपनि सवारी भाडादर भने विगतकै कायम रहेकाले समायोजन गरिएको प्रजिअ भट्टराईले बताए । यद्यपी समायोजन गरिएको नयाँ भाडादर भने बैशाख २५ गतेबाट मात्रै लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको । इन्धनको मुल्य १० रुपैयाँ सम्म घटबढ भएको खण्डमा समेत उक्त भाडादर नै यथावत रहने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको जिल्ला भाडादर निर्धारण समितिको उक्त बैठकमा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ, थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की, यातयात व्यवसायी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

नयाँ भाडादर यस प्रकार छ-

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार